जितगढी किल्ला इतिहासको निशानी हो : राष्ट्रपति पौडेल

जितगढी किल्ला इतिहासको निशानी हो : राष्ट्रपति पौडेल

वुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढि किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको स्पष्ट पार्नुभयो । ऐतिहाँसिक जीतगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताउनुभयो । उहाँले जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो–‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाहा गर्नेछ भन्ने मैले विश्वास गरेको छु । नेपाली सेनाले तीनै तहका सरकारसँंग मिलेर जीतगढी पुर्ननिर्माणसम्बन्धी गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटरलगायतका कामहरू भरहेको जानकारी पाउँंदा थप खुसी लागेको छ ।’

 

उहाँले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा आफुलाई खुशी लागेको पनि बताउनुभयो ।

उहाँले जीतगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘आगामी दिनमा यस किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु ।’

सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहाँसमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गर्नुभयो । उहाँले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पार्नुभयो ।

नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य समेत नेपाली सेनाले गर्दै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो–‘जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति निर्माण हुनु भनेको त्यो सैनिक–नागरिक सम्वन्ध विकासको राम्रो उदाहरण हो । गैर–राजनीतिक चरित्रको मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गरेकोछ । नेपाली सेनाको यो उत्कृष्ट विशेषताले उक्त संगठनलाई नेपाली जनतामाझ लोकप्रिय बनाएको छ ।’राष्ट्रपति पौडेलले तिनाउ नदीको तटमाअवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गमस्थल तथा प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रुपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेघासिटी बनाउने यहाँका जनप्रतिनिधिहरूको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । किल्लाको पुननिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको थप संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले पर्याप्त चासो दिने छ भन्ने आफुले अपेक्षा राखेको राष्ट्रपति पौडेलको धारणा थियो ।

यस अघि रुपन्देहीको नयाँगाउ स्थित मुक्तिनाथ धामको अवलोकन तथा पूजा अर्चना गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij