राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

काठमाण्डाै – राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने भएको छ ।

 

शनिवार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहमति नभएकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाकाे चुनावकाे सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी भएका चार दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो।

 

लेखकले देशभरीको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताउनु भयो । उहाँले राष्ट्रिय सभाको सदस्य चुनावकाे विषयलाई लिएर आज ४ बजे फेरि बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्ने जानकारी दिनुभयाे ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij