बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन

बुटवल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा बस्तुगत समिति गठन भएको छ ।

 

बिहिबार भएको सदस्य व्यवसायीहरुको छुट्टाछुट्टै भेलाले उद्योग तर्फका निर्माण व्यवसायी, फर्निचर (समिल) र ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समिति गठन गरिएको संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।

 

निर्माण व्यवसायी समितिको समन्वयकर्ता कार्यसमिति सदस्य निर्मित कसजू, फर्निचर (समिल) समितिको समन्वयकर्ता कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे र ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समितिको समन्वयकर्ता कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्य रहेका थिए ।

 

कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि स्थापित संघले त्योसंगसंगै उद्योगी व्यवसायीहरुको व्यवसायिक विकासका कायक्रम पनि नियमित रुपमा सञ्चालन गरिरहेको जानकारी गराए । गठित बस्तुगत समितिले सम्बन्धित बस्तुगत समिति अन्तरगतका उद्योगी व्यवसायीहरुमा भएका समस्या र उठान गरेर संघमा जानकारी गराउन आग्रह गरे ।

 

निर्माण व्यवसायी बस्तुगत समितिको सभापतिमा सन्तोष केसी, उपसभापतिमा दामोदरलाल जोशी, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यमा शान्ति श्रेष्ठ चयन भएका छन् । त्यस्तै यदुनाथ पाण्डे, नारायण बस्याल र मोहनलाल जोशीलाई सल्लाहकारमा चयन गरिएको छ ।

 

त्यस्तै फर्निचर (समिल) बस्तुगत समितिको सभापतिमा नरबहादुर श्रीसलाई चयन भएका छन् । उक्त समितिको उपसभापतिमा बुद्धबहादुर सारु, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा केयरसिंह सिंजाली तथा सदस्यहरुमा विष्णु भुसाल पाण्डे र कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन् । त्यस्तै बोनिन पिया, नरेशकुमार श्रेष्ठ, सुरेन्द्र ज्ञवाली, जीवकान्त काफ्ले, सावित्रा टण्डन र नेत्रबहादुर रुचाललाई सल्लाहकार चयन गरिएको छ ।

 

ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समितिको सभापतिमा उमेशप्रसाद श्रेष्ठ, उपसभापतिमा महेन्द्रकुमार कार्की, सचिवमा दिपक थापा तथा सदस्यहरुमा विजय श्रेष्ठ, विनोदराज न्यौपाने र मानबहादुर विकलाई चयन गरिएको छ । त्यस्तै अशोक बर्मा र देवानसिंह थापालाई सल्लाहकार चयन गरिएको संघले जनाएको छ ।

 

संघमा यस अंगाडि २४ वटा बस्तुगत समिति गठन भईसकेका छन् ।

 

कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसाल, फर्निचर बस्तुगत समितिका सल्लाहकार जीवकान्त काफ्ले, सावित्रा टण्डन, अशोक बर्मा लगायतले

आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij