बुटवल,२६ पुस ।
प्रविधिको विकाससँगै मिथ्य सूचना बढेकाे एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सेन्टर फर मिडिया रिर्सच नेपालले विहीबार बुटवलमा आयोजना गरेको सूचनाको चलखेल र लोकतन्त्र विषयक सरोकारवालहरुसँगको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासे, तारा थापा, भगवती अधिकारी, जमुना ढकालले पछिल्लो समयमा मिथ्य सूचना बढेकाले सचेत हुनुपर्ने बताए ।
मिथ्या सूचनाको नियन्त्रणका लागि कानुन बनाएर नियमन गर्नुपर्नेमा जाेड दिदै उनीहरुले त्यसका लागि आफुहरुले पहल गर्ने प्रतिवद्वता जनाए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले मिथ्या सूचना पहिला पनि हुने गरेको भए पनि प्रविधिको विकाससँगै पछिल्लो समय धेरै भ्रामक र गलत सूचना आउने गरेको बताए । नेकपा एमालेका बुटवल उपमहानगरपालिका अध्यक्ष किशन ज्ञवालीले पनि मिथ्या सूचनालाई सरकारले नियमन गर्नु पर्नेमा जाेड दिए ।
सेन्टर फर मिडिया रिर्सच नेपालका कार्यकारी निर्देशक तिलक पाठकले मिडिया र सोसल मिडियालाई पाठकले एउटै रुपमा हेर्ने र सूचनाको चलखेल हरेक क्षेत्रमा हुने गरेको बताए । साथै उनलेे प्रदेशका सरोकारवालहरुसँग छलफल गरेर आएको निष्र्कष सरकार र राजनीतिक दललाई बुझाउने बताए ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का,जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनाल,राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसी,प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल,
प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, संचारिका समूह रुपन्देही अध्यक्ष निरु गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, पत्रकार सुदिप भण्डारी, लगायतले छलफलमा आ आफ्नो भनाई राखेका थिए
प्रकाशित मिति : बिहिबार, पुष २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्