बुटवल –जन्मदिनको अवसरमा पछिल्लो समय सामाजिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्ने प्रचलन स्थापित हुँदै गएको छ । केही समय अघि सम्म पार्टी तथा रमाईलो गरी मनाउँदै आएको जन्मदिन मनाउने शैली परिवर्तन हुँदै गएको हो ।
यस्तै बुटवल उपमहानगरपालिका–१२ निवासी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य एबम उद्योगि शान्ति शर्मा तिमिल्सिना ले जन्मदिनको अवसरमा गौशालाका गाईहरुको लागि खानादान गर्नु भएको छ । बुधबार परेको जन्मोत्सवको अवसरमा रुपन्देहीको देवदह भलुहिमा अबस्थित कामधेनु गाैसाला मा रहेका गौमातालाइ खाना स्वरुप गुण खुलाउनु भएको हो ।
गौशालामा हाल ४ सय भन्दा बढी गाई रहेको छ । शर्मा राजनिति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनु भएको छ ।
प्रकाशित मिति : बुधबार, माघ ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्