बुटवल १० मा  बाध्यबाधन प्रशिक्षण सुरू

बुटवल १० मा  बाध्यबाधन प्रशिक्षण सुरू

 

बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा  बाध्यबाधन प्रशिक्षण सुरू भएकाे छ । बिहिबार ३ महिने बाध्यबाधन अन्तर्गत हार्मोनियम तथा मादल बजाउने प्रशिक्षण शुरु भएकाे हाे । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुनले ब्यानर पढेर कार्यक्रमकाे उदघाटन गरेका छन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथिसमेत रहेका उनले वडा नम्बर  १० का वडाबासी हरेक काम कुरामा अब्बल र सिपालु हाेउन भन्ने उदेश्यले विभिन्न तालिम सञ्चालन गरिएकाे बताए । उनले कुनै पनि भजन , कृतन पूजाआजाजस्ता कार्यक्रममा आफैंले गाउन बजाउन सकेमा सहज हुने बताउँदै तालिमबाट दक्ष बन्न अाग्रह गरे । कार्यक्रममा प्रशिक्षक सुरेश सेन्चुरीले अाफ्नाे समयमा गीत संगीत र बाध्यबाधन सिक्न गाह्रो रहेकाे बताए । राग श्री संगीतालयका सञ्चालक उनले गीत संगीतले हरेक मानिसलाई अनुशासित र सभ्य बनाउने बताउँदै गम्भीर र धैर्य भएर सिक्न अाग्रह गरे । पारिजात आमा समुहका अध्यक्ष बिजु क्षेत्रीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा  वडा न १० का सदस्य रमेश प्रसाद अधिकारी ,  यमुना काउचा , मिन सारुले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा जनमुक्ति पार्टीका अध्यक्ष केशब बहादुर गुरुङ्ग नेकपा एमालेका कला केसीको सहभागिता रहको कार्यक्रमकाे सञ्चालन सचिव गणेश प्रसाद न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, माघ ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij