JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा गोल्डकप : दोस्रो सेमिफाइनलमा च्यासल र पुलिसको भिडन्त

तिलोत्तमा गोल्डकप : दोस्रो सेमिफाइनलमा च्यासल र पुलिसको भिडन्त

बुटवल । जारी २१ औं तिलोत्तमा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब आमने सामने हुँदैछन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा ३:३० बजे देखि शुरु हुने आजको खेलतर्फ दुवै टोलीमा अधिकांश परिचित र युवा अनुहार भएकाले पनि खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

प्रतियोगितामा बाई पाएर सोझै क्वाटरफाइनल खेलेको पुलिसले दार्जिलिङ युनाइटेडको चुनौति पन्छाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

उता च्यासलले भने पहिलो खेलमा ए डिभिजन लिगको उपविजेता संकटालाई हराएको थियो भने क्वाटरफाइनलमा लिग विजेता मनाङलाई पन्छाएको थियो ।

लगातार दुई बलिया टोलीलाई हराएकोले पनि च्यासलको आत्मविश्वास केही बढी पनि छ ।

उता निरन्तर अभ्यास र शारीरिक रुपमा फिट रहने पुलिस पनि च्यासललाई कडा चुनौति दिन तयार छ ।

भर्खरै खप्तड गोल्डकपको उपाधि जितेको पुलिसले कुनै पनि बेला नतिजा आफ्नो पक्षमा पार्न सक्ने धेरुेको बुझाई छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij