काठमाण्डाै – भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा ४ करोड ४० लाख रुपैयाँ बिगो र जरिबानासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।
भट्टराईकाे पारिश्रमिक आय, अंशबन्डामा लिएको नगद, जग्गा बिक्री, शेयर बिक्री, ऋण सापटी लिएको, भत्ताबापत प्राप्त आय, कृषि आय, बीमा फिर्ता रकम, घर बहाल आय र गाडी बिक्रीसमेत गरी जम्मा वैध आय ५ करोड ९४ लाख ६७ हजार १ सय रुपैयाँ देखिएको छ । तर उनको विभिन्न ठाउँमा भएको लगानी, सम्पत्ति र बचत हेर्दा १० करोड २३ लाख ९२ हजार २ सय रुपैयाँ देखिएको थियो ।
कुल आयबाट वैध आय घटाउँदा बाँकी रहेको ४ करोड ४० लाख रुपैयाँको स्रोत नखुलेकाले भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्