बुटवल । भ्याली च्यासललाई ३–१ गोल अन्तरले हराउँदै विभागिय टिम नेपाल पुलिस क्लब बुुटवलमा जारी २१ औँ तिलोत्तमा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
फाइनलमा पुलिसले विदेशी टीम दाफिन्स फुटबल क्लब क्यामरुनसँग सोमबार भिड्नेछ ।
देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा विक्रम धिमालको २ गोलको मद्दतले पुलिसले फाईनलको यात्रा तय गरेको हो ।
पुलिसलाई उपाधि नजिक पु¥याउनका लागि १५औं र ५७ औं धिमालले गोल गरेका थिए ।
शुरुवातदेखि नै दबाबमा राखेको पुलिसका रवि पासवानले ८०औं मिनेटमा अर्को गोल गर्दै पुलिसको फाइनल यात्रा पक्का गरेका थिए ।
मैदान प्रवेश गरेलगत्तै च्यासलका लागि शान्त बहादुर गुरुङले ९० मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्