काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको स्थापना दिवस यसपाली सारेर आज माघ २१ गते मनाउन लागिएको हो ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउन लागिएको बताउनुभयो । प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।
प्रकाशित मिति : आइतबार, माघ २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्