बाआमासँग नगर प्रमुख’ कार्यक्रममा एकैदिन १ सय ७० जनाको स्वास्थ्य परीक्षण

बाआमासँग नगर प्रमुख’ कार्यक्रममा एकैदिन १ सय ७० जनाको स्वास्थ्य परीक्षण

 

बुटवल

बुटवल उपमहानगरपालिकाको ’बाआमासँग नगर प्रमुख’ कार्यक्रमअन्तरगत मंगलबार बुटवल १३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत मंगलबार १ सय ७० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

 

जसमध्ये २८ जनाको इसीजी गरिएको छ भने केही जेष्ठ नागरिकको रगत परीक्षण गरिएको छ । वडा नं १३ मा कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफुलाई खुशी लागेको बताउनुभयो ।

 

उहाँले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष चासो दिएको र आगामी वर्षमा समेत निरन्तरता दिने बताउनुभयो । उहाँले घरबाहिर निस्किन नसक्ने र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पु¥याउन थालेको बताउनुभयो ।

 

उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरू बनाएको र कार्यान्वयन गर्दै लग्ने बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको बताउनुभयो ।

 

१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरू समेत निशुल्क दिइने उहाँले बताउनुभयो  ।

 

स्वास्थ्य परीक्षण र उपचारका लागि आएका जेष्ठ नागरिकलाई आवश्यक औषधि समेत प्रदान गरिएको उहाँले बताउनुभयो । कार्यक्रम अन्तरगत स्वास्थ्य परीक्षण र उपचारका लागि आउने जेष्ठ नागरिकलाई आवश्यक पर्ने परीक्षण र औषधिहरु निशुल्क रुपमा उपलब्ध गराएको उहाँले बताउनुभयो

प्रकाशित मिति : मंगलबार, माघ २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij