सैनामैना । रुपन्देहीको सालझण्डीमा आखा उपचार केन्द्रको शुभारम्भ भएको छ ।
बुटवल लायन्स आखा अस्पतालको प्राविधिक सहयोग तथा लायन्स क्लव अफ सैनामैना सालझण्डीको लगानीमा सैनामैनामा आखा उपचार केन्द्रको उद्घाटन गरिएको हो ।
सैनामैना नगरपालीकाको सालझण्डीमा आज एक समारोहका विच आखा उपचार केन्द्रको सैनामैना नगरपालीका प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरे ।
आखा उपचार केन्द्रको उद्घाटन गर्दै सैनामैना नगरप्रमुख कार्कीले सैनामैना नगरपालीकामा स्थापीत आखा उपचार केन्द्रलाई आखा अस्पतालको रुपमा विस्तार गर्दै अगाडी लैजाने गरी नगरपालीकाले योजना निमार्ण गर्ने बताए ।
उनले जनताले प्रत्यक्ष सेवा सुविधा पाउने गरी सेवा गर्न आग्रह गर्दै आखाको मोतिविन्दुको अप्रेसनको हकमा नगर बासीको अप्रेसन खर्चमा लायन्सले केही प्रतिशत सहुलीयत प्रदान गरेमा बाकी खर्च सम्पुर्ण नगरपालीकाले व्यवहोर्ने बताए ।
कार्यक्रममा बोल्दै बुटवल लायन्स आखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले लायन्स क्लव अफ सैनामैनाले सुरु गरेको आखा उपचार केन्द्रलाई आगामी दिनमा अस्पतालको रुपमा विकास गर्न आफुहरुले सक्दो सहयोग गर्ने बताए ।
उनले सालझण्डीमा आखा उपचार केन्द्रको स्थापनाले सैनामैना नगरभित्रका जनता मात्र नभई अर्घाखाची, पश्चिम पाल्पा कपिलवस्तुका जनतालाई बुटवल धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालीका वडा नम्बर १० का वडा अध्यक्ष लोक नारायण थापा र लायन्स जिल्ला परिषद् ३२५ वी २ का सिनियर एड्भाइजर निर्मल लाकौलले आखा उपचार केन्द्रलाई अस्पतालको रुपमा विकास गर्न नगद १–१ लाख प्रदान गर्ने घोषणा गरे ।
लायन्स क्लव अफ बुटवलका अध्यक्ष सुनिल कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सर्पदशं अस्पताल व्यवस्थापन समितीका अध्यक्ष मिन प्रसाद घिमिरे, आखा अस्पताल बुटवलका डाक्टर उपेन्द्र देव भारी, लायन डिष्ट्रिक ३२५ बी २ का सिनियर एडभाइजर अर्जुन मान सैजु, सैनामैना नगरपालीका वडा नम्बर ११ का अध्यक्ष सुनिल मरासिनी, सामुदायीक विद्याालयका तर्फबाट धातानन्द भुषाल, उद्योग बाणिज्य संघ सैनामैनाका अध्यक्ष राज बहादुर खत्री लगायतले शुभकामना दिए ।
लायन्स क्लअ अफ सैनामैना सालझण्डीका अध्यक्ष लायन भेषराज शाक्यको स्वागत, सह–सचिव कृष्ण प्रसाद घिमिरको धन्यवाद रहेको कार्यक्रममा उत्कृष्ट लायन सदस्यबाट लायन प्रेम पोख्रेल, तुल्सी पोख्रेल र खिमा पोख्रेल सम्मानीत भएका थिए ।
शुभारम्भको अवसरमा स्थानीय १८५ जना भन्दा बढीको आखा परिक्षण गरिएको थियो । जसमा १५ जनामा मोतिविन्दुको समस्या देखा परेको आखा जाचँ प्राविधिकले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्