बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले शिक्षा पत्रकारीता पुरस्कार स्थापना, सल्लाहकार मनोनयन लगायतका निर्णय गरेको छ ।
युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा आईतवार बुटवलमा बसेको कार्यसमीती बैठकले सल्लाहकारमा हरि लम्साल, माधव नेपाल, खिमानन्द भट्टराई, रामराज पोखरेल, भवानी प्रसाद पाण्डे, यमलाल भुसाल, डायलसन अधीकारी, शारादा मल्ल र बिक्रम खड्कालाई सल्लाहकार मनोनयन गरेको हो । सल्लाहकार मनोनयनसगै युनियनका गतीबीधीलाई थप प्रभवकारी बनाउन सहयोग पुग्ने अपेक्षा संस्थाले लिएको छ ।
त्यस्तै युनियन रुपन्देहीले शिक्षा पत्रकारीता पुरस्कार समेत स्थापना गर्ने भएको छ ।
पुरस्कारकालागी रु एकलाख अक्षय कोष स्थापनामा आर्थीक सहयोग गर्ने युनियनका सदस्य, शिक्षा प्रेमी एवं नेपाल शिक्षक सघं प्रदेस पाँचका महासचिव लाल प्रसाद पंगेनी (कृष्ण)लाई बैठकले बिषेस धन्यबाद समेत दिएको छ ।
यसअघी युनियन रुपन्देहीले जिपी कोईराला स्मिृती उत्कृष्ट पत्रकारीता पुरस्कार समेत बितरण गर्दै आएको छ ।
शिक्षा पत्रकारीता पुरस्कारकालागी एकलाख युनियनलाई प्रदान गर्ने घोषणा पगेंनीले गरेका छन् ।
उक्त पुरस्कारकालागी निर्देसीका बनाएर प्रत्येक बर्ष शिक्षा क्षेत्रमा योगदान गर्ने एक जना पत्रकारलाई बितरण गर्ने गरी तयारी सुरु गरीएको सचिव श्यामशंकर पाण्डेले जानकारी दिए ।
युनियन रुपन्देहीले यसअघी गत तिहारमा खेलेको दैउसी भैलोमा उठेको रकमबाट पत्रकार कल्याण कारी कोष बृद्धी गर्दै दुईलाख पुर्याउने निर्णय समेत गरेको थियो ।
बैठकले हालैसम्पन्न भएको बनभोज कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको निकर्ष निकाल्दै उत्त कार्यक्रममा सहयोग गर्ने सवैलाई धन्यबाद ज्ञापन समेत गरेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्