JanataToday.com

Advertisment

SKIP THIS

नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।

नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ ।

आजको खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । अविनाश बोहरा र विवेककुमार यादवलाई बेन्च राखिएको छभने ललितनारायाण राजवंशी र प्रतिश जिसी प्लेइङ एघारमा समेटिएका छन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलसन झा र प्रतिश जिसी छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij