काठमाडौं : साफ यू१-६ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्दैछ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा अपराह्न ३ बजे शुरु हुनेछ।
नेपाल दोस्रो खेल जितेर फाइनलमा पुग्ने सम्भावना कायम राख्ने योजनामा हुनेछ। नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो।
पहिलो खेलमा भारतसँग ७–० ले पराजित भुटान पनि पहिलो जित हासिल गर्न चाहन्छ। प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशसहित चार टिम सहभगी छन्। राउण्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन्।
प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्