मन्त्रालय भागवण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै, दलहरू आन्तरिक तयारीमा

मन्त्रालय भागवण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै, दलहरू आन्तरिक तयारीमा

काठमाडौं – मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठकको समय टुंगो लागिनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले पनि बैठक बस्ने तय भए पनि समय यकिन नभएको बताए। एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयपछि मात्रै बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निवासमा पुगेर भेटी गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। ​नेपालले पनि सकारात्मक प्रतिक्रया दिएका थिए।

यसैबीच आआफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दल आन्तरिक छलफलमा व्यस्त छन् । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अनुसार दलहरू आन्तरिक छलफलमा व्यस्त भएका हुन्।

सोमबार नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले नेकपा एमाले र रास्वपासहितको गठबन्धन बनाएपछि दलहरू आफ्नो भागमा महत्त्वपूर्ण मन्त्रालय पार्ने रस्साकस्सीमा लागेका छन्।

यसअघि एमाले, माओवादी र रास्वपाका एक-एक जना मन्त्री बनिसकेका छन्, तर उनीहरू मन्त्रालयविहीन छन्।

 

प्रकाशित मिति : बुधबार, फाल्गुन २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij