माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ : कांग्रेस

माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ : कांग्रेस

काठमाडौं – नेपाली कांग्रसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ। बुधबार नेपाल निवास कोटेश्वरमा पुगेका कांग्रेस सभापति देउवा र  अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो।

छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए।

उनले भने, ‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा  छलफल भएको हो। छलफल सकारात्मक भएको छ। छलफललाई निरन्तरता दिन्छौँ। हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ। काँग्रेसको धारणा अहिलेलाई त्यही हो। पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो। यसलाई निरन्तर दिन्छौँ। नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ। सबै राजनीतिक दलसँग छलफल भइरहेको छ।’

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए।

प्रकाशित मिति : बुधबार, फाल्गुन २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij