JanataToday.com

Advertisment

SKIP THIS

पुलिस स्तब्ध, विदेशी टीम दाफिन्सले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

पुलिस स्तब्ध, विदेशी टीम दाफिन्सले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल : नेपाल पुलिसका तेज तामाङको प्रहारले जाली चुम्न नसक्दा क्यामरुनको डफिन्स फुटवल क्लबले तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा समेत ५-५ गोलको बराबरीपछि सडेन डेथबाट नतिजा निकालिएको हो । पुलिसको तर्फबाट तेज तामाङको छैटौँ प्रहार डफिन्सका गोलरक्षक क्रसोले रोकेका थिए ।

डफिन्सका नियाकोले गरेको प्रहार नै निर्णायक बनेपछि उसले उपाधि कब्जा गरेको हो । यो उपाधिसंगँ डफिन्सले जारी सिजनमा ह्याट्रिक उपाधि हात पारेको छ ।

जितसँगै डफिन्सले ८ लाख ८० हजार नगद पुरस्कार हात पार्‍यो । पुलिले ५ लाख ५० हजारमा चित्त बुझाउनुपर्‍यो । त्यसअघि खेलको दोस्रो हाफमा पुलिसका तीर्थ रानाले प्रहार गरेको बलले जाली चुमे पनि रेफ्रीले अफसाइड दिएका थिए ।

खेल अवधिभर पुलिसले करिब आधा दर्जन अवसरलाई गोलमा परिणत गर्न सकेन । डफिन्सका कैयौ प्रयास पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारेका थिए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij