काठमाण्डौ – नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो । यसअघि बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्