स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडाै । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।

सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी छन् ।

प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाई लागू गर्न आवश्यक भएको ।” भनिएको छ ।

प्रस्ताव पेश गर्दै प्रस्तावक अधिकारीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न र संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न बीमा कार्यक्रम सातवटै प्रदेशमा लागू गर्न माग गरे ।

उनले आफू स्वास्थ्यमन्त्री रहँदा बीमा कार्यक्रम कार्यान्वयनमा आएको जानकारी दिए । समर्थकद्वय विसंखे र जिसीले सङ्घीय व्यवस्थालाई कार्यान्वयन गर्न बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरे ।

यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको विधेयक टेबुल गरे । रासस

प्रकाशित मिति : मंगलबार, फाल्गुन १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij