सैनामैना १० मा  कपडा बैंक सञ्चालन हुने

सैनामैना १० मा  कपडा बैंक सञ्चालन हुने

रुपन्देहीको सैनामैना १० मा  कपडा बैंक सञ्चालन हुने भएको छ । सैनामैना नगरपालिका वडा.न. १० कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपालबीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, सैनामैना नगरपालिका वडा.न: १० कार्यालय र म बनाउँछु , मेरो वडा हाी बनाउँछौ हाम्रो नगर ” भन्ने यो अभियानमा हातेमालो गरेका विभिन्न सामुदायिक वन, खानेपानी, सहकारी, क्लबहरु तथा अन्य सामाजिक संघ संस्थाहरुले पनि समन्वय गरेको हुँदा कपडा बैंक सञ्चालन गर्न लागिएको सैनामैना नगरपालिका वडा.न.१० का अध्यक्ष कृष्ण प्रसाद घिमिरले बताए । उनले मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले समग्र सैनामैना नगरपालिकाबासीको हित हुने विश्वास व्यक्त गरे । उनले थप्दै सैनामैना नगरपालिका वडा.न. १० कार्यालय सालझन्डीमा कपडा संकलन बक्स राखिने र सम्पूर्ण सैनामैना नगरबासीलाई पुरानो लताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरी आफ्नो घर टोल समाज सफा पनि, पुण्यको यो कार्यमा सहभागिताका लागि अनुरोध समेत गरे ।  प्रयोगमा नआएका कपडा संकलन गरेर पुन : प्रशोधन रि–साइकल गरी आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रम मा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन सकिने उनले बताए । यसका साथै सैनामैना नगरपालिका वडा.न: १० कार्यालयका सचिव सुरेश जी.सी. ले  कपडा बैंकको शुभारम्भ कार्यक्रम भने चैत्र महिनाको २३ गते शुक्रबार बिहान ८:०० बजे वडा न. १० काे कार्यालयमै एक कार्यक्रमिबच गरिने हुँदा सम्पूर्ण वडा बासीलाई उपस्थितिका लागि अनुरोध समेत गरे । देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधनमार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुई वर्षमा देशलाई कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएको सम्झौता समारोहमा अध्यक्ष कमल जिसीले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, चैत्र १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij