JanataToday.com

Advertisment

SKIP THIS

नेपालले बराेडालाई २७ रनले हरायाे

नेपालले बराेडालाई २७ रनले हरायाे

काठमाण्डाै – भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बराेडालाई २७ रनले हराएकाे छ ।

नेपालले दिएकाे १ सय ५७ रनकाे लक्ष्य पछ्याएकाे बराेडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्याे । बराेडका भानु पानियाले ३८, बाबा खानले २७ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ३ तथा साेमपाल कामी र अबिनाश बाेहराले समान २ विकेक लिए ।

यसअघि गुजरातकाे वापीमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायाे । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जाेराले २९ रन बनाए । बलिङतर्फ बराेडका बाबा खानले २ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलामा भाेलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नाे पहिलाे खेलमा गुजरातलाई ८ विकेटले हराएकाे थियाे । फाइनल खेल चैत २५ गते हुनेछ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij