सशस्त्र प्रहरीद्वारा रूपन्देहीमा २ सय ७२ केजी गांजासहित एक भारतीय पक्राउ

सशस्त्र प्रहरीद्वारा रूपन्देहीमा २ सय ७२ केजी गांजासहित एक भारतीय पक्राउ

भैरहवा
सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीले अवैधरुपमा नेपालबाट भारत लैजांदै गरेको २ सय ७२.३३ केजी गांजा बरामद गरेको छ ।

रुपन्देही जिल्लाको रोहिणी गाउंपालिका वडा नं. १ बाइपासमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको अवस्थामा उक्त परिमाणको गाजा बरामद भएको हो ।

सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्यूरोको सूचनाका आधारमा उक्त गाजा बरामद गरिएको सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीले जनाएको छ ।

युपि ७८ बिटि ८२९७ नम्बरको टाटा कन्टेनर चेकजाँच गर्ने क्रममा चालकको सिटमाथि रहेको फल्स बटम भित्र लागू औषध सहित, भारतका स्थायी ठेगाना बताउने ३६ बर्षका सत्नम सिंहलाई पक्राउ गरी सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बताए ।

बैशाख ४ गते बिहान ३ः१५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको नेतृत्वमा खटिएको ५ जनाको अनुगमनको टोलिले चेकजांच गर्ने क्रममा गांजा र कन्टेनरलाई नियन्त्रणमा लिइएकाे
सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij