गुल्मी जन्म भई समाजमा शैक्षिक र राजनीतिक अभियानमा लाग्नुभएका स्वर्गिय दिवाकर ज्ञवालीको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता चन्द्र भण्डारीले ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ शनिबार बुटवलमा लोकार्पण गर्दै देशको परिस्थिति बदल्न र मुलुक बनाउन सबै नेपाली एक हुनुपर्ने सुझाव दिनुभएको छ । समाज विकासमा सबै एकजुट भएर लाग्नुपर्ने उहांको सुझाव थियो । ‘अब जुट्नुपर्ने अबस्था आएको छ ।’—उहांले भन्नुभयो । नेता सरल, सामाजिक उतरदायित्व बहन गर्नसक्ने, साधारण हुनुपर्ने तर्क दिदै उहांले यस्ता नेताले देश हाक्न सक्ने दाबी गर्नुभयो।
लोकार्पण कार्यक्रममा नेकपा एमालेका नेता एवं पुर्व मन्त्री प्रदीप ज्ञवालीले युगद्रष्टा दिवाकर ज्ञवाली शिक्षक मात्रै नभई कुशल राजनीतिज्ञका रुपमा रहनुभएको स्मरण गर्नुभयो । स्वर्गिय गुरु दिवाकर ज्ञवाली अग्रेजी भाषामा ठुलो बिद्ववान भएको र तत्कालिन पन्चायतकालमा विभिन्न भाषाका पुस्तकहरुलाइ नेपालीमा अनुबाद गरेर आफुजस्तै राजनीतिक युवाहरुलाई बौद्धिक बनाउन सहयोग गरेको बताउनु भयो ।
श्रमको सम्मान गर्दै सबैलाई श्रममा जोड्दै समाज अघि बढाउने अभियानमा तत्कालीन समयमा दिवाकर ज्ञवाली लाग्नुभएको स्मरण गराउँदै उहाँले धेरै नै महत्वपूर्ण काम तत्कालिन समयमा गर्नुभएको दिवाकर स्मृति प्रतिस्ठानका अध्यक्ष भोजराज ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा स्वर्गिय ज्ञवालीका समकालिन अग्रजहरु चिकित्सक ज्योतिन्द्रमान बजिमय, ज्ञानेश्वर सरस्वती, झबिन्द्रमान बजिमय, तिलकराम आचार्य, परमानन्द ज्ञवाली, लिलबहादुर मल्ल, कृष्णचन्द्र गैरे, रामजी खनालका छोरा कमलराज खनाललाई प्रतिष्ठानले सम्मान गरेको छ। सो अबसरमा साहित्यकार रन्जु गौतम घिमिरेले स्वर्गीय दिवाकर ज्ञवालीको स्मृतिमा साहित्यकार रुद्र ज्ञवालीको श्रद्धाञ्जली शिर्षकको कबिता वाचन गर्नुभएको थियो ।
स्वर्गीय दिवाकर ज्ञवाली स्मृति ग्रन्थ सम्पादन समितिमा प्रधान सम्पादक प्रा.डा .हिरण्यलाल ज्ञवाली, सम्पादकमा साहित्यकार रुद्र ज्ञवाली, कलाधर अर्याल, हरि ज्ञवाली, गुरुदत्त ज्ञवाली, कृष्णराज गौतम रहनुभएको थियो।
प्रतिष्ठानको स्थापना र यसले आगामी दिनमा गर्ने कार्यक्रमबारे जानकारी गराउदै कान्छासुपुत्र शिव ज्ञवालीले बुबाको योगदानलाई स्मरण हुने गरि र रुरुक्षेत्रलाई केन्द्रमा राखेर बिबिध सामाजिक उत्तरदायित्वको कामहरु गर्ने बताउनुभयो । प्रतिषठानले यहि बैशाख १९ गते रुरुक्षेत्रलाई केन्द्रमा राखेर बिबिध स्वास्थ्य शिविर गरिने जानकारी गराउनुभएको थियो।
प्रकाशित मिति : आइतबार, बैशाख १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्