राष्ट्रिय युवा संघको स्थापना दिवसको अवसरमा अविनाश अनाथ आश्रममा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय युवा संघको स्थापना दिवसको अवसरमा अविनाश अनाथ आश्रममा शैक्षिक सामाग्री वितरण

तिलाेत्तमा –राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा  तिलोत्तमा नगर कमिटीले विविध कार्यक्रम गरेकाे छ । जसअन्तर्गत पूर्व सन्ध्यामा रूपन्देहीको तिलाेत्तमा १५ कोटिहवाको अविनाश अनाथ अाश्रममा शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । अाश्रममा रहेका बालबालिकाहरूका लागि कापी , कलम , इरेजर , सापनर , कलरलगायतका रू ८ हजार बराबरका शैक्षिक सामग्री अाश्रममा हस्तान्तरण गरिएको नगर सचिव सतिश सापकोटाले बताए । हाल अाश्रममा साहाराबिहिन १९ जना बालबालिका रहेका छन् । आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले युवा संघकाे कामले आश्रमका बालबालिकाहरूकाे लागि हाैसला थपिएको बताए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्यौपानेले विभिन्न समयमा राष्ट्रिय युवा संघले सामाजिक कामलाई जाेड दिएकाे बताए । जिल्ला कमिटी सचिव दिपेश कडेलले स्थापना दिवसकाे अवसरमा यश किसिमको काम गर्नु निकै प्रंशायाेग्य रहेकाे बताए । जीवन पाण्डेकाे अध्यक्षता रहेकाे कार्यक्रममा प्रदेश सदस्य शंकर पाण्डे , जिल्ला सचिव दिपेश कडेल , जिल्ला सचिवालय सदस्य सञ्जय माली , जिल्ला सदस्य , गणेश न्यौपाने , जिल्ला विभाग सदस्य ववी माली , रिटर्नी फेडेरेशसन तिलोत्तमा कमिटी अध्यक्ष सन्तोष अर्याललगायतले बाेलेका थिए । सचिव सतिस सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा कमिटीका कोषाध्यक्ष उमेश कार्कीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : सोमबार, बैशाख ३१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij