तिलोत्तमा-रूपन्देहीको तिलोत्तमा १ मा युवा उद्यमशीलताका लागि वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । युवाहरूलाई उद्यमी भई स्वरोजगार सृजना गर्न सक्षम बनाउने उत्प्रेरणा जगाउने उदेश्यले २ दिने कार्यक्रम आइतबार सम्पन्न भएको हो । १ नम्बर वडा कार्यालयको आयोजनामा भएको तालिम शनिबारबाट सुरू भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले कुनै पनि काम सुरू गर्नुभन्दा अगाडि त्यसको बारेमा जानकारी हुन जरुरी रहेको बताइन् । उनले नगरपालिकाले पछिल्लो समय युवाका लागि धेरै सृजनात्मक कामहरू गरेको बताउँदै युवाले सुनेकै भरमा कुनै पनि काम गर्नुभन्दा त्यो विषयमा जानकारी लिएर काम गर्न आग्रह गरिन् । वडा अध्यक्ष फर्सुराम गिरीले वडाले सबै उमेर र समुदायका नागरिकलाई समेटेर कार्यक्रम गरिएको बताए ।
शनिबार पहिलो दिनको तालिम निशेध जंग कार्कीले
वित्तीय साक्षरता , एन एम बि बैंकको तर्फबाट बैंकिङ शिक्षासम्बन्धि तालिम प्रदान गरिएको थियो । भने आइतबारको उद्यमशीलता विषयमा आइडिया फ्युजनका सिइयो , डिष्ट्रिक पब्लिक इमेज को चियर अफ रोटरी इन्टरनेशनल तथा इ ड्राइभ लुम्बिनीका अध्यक्ष प्रशिक्षक राजकुमार गुप्ताले प्रशिक्षण दिएका थिए । उनले कुनै पनि काम सुरूवात गरिसकेपछि मात्रै त्यसको बारेमा ज्ञान बढ्दै जाने बताए ।
युवा खेलकुद तथा उद्यमशीलताअन्तर्गत वार्षिक क्यालेन्डरअनुसार कार्यक्रम गरिएको वडा सदस्य तथा कार्यक्रम संयोजक मिलन रानाले बताए । उनले युवाका लागि विशेषगरी टोलस्तरीय व्याडमिन्टन प्रतियोगिता र उद्यमशीलताको कार्यक्रम गरिएको बताए ।
दुई दिनको तालिममा १९ वटा टोल विकास संस्थाबाट ५७ जना युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा सदस्यहरू गीतादेवी न्यौपाने , हिरादेवी बिक , विष्णुप्रसाद पाण्डे , टोल विकास वडा सञ्जाल अध्यक्ष डिल्लीराज कडेललगायतले बोलेका थिए
प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्