लुम्बिनीमा मनाइयो बुद्धजयन्ती

लुम्बिनीमा मनाइयो बुद्धजयन्ती

लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको ‘बर्थिङ सेन्टर’ का रुपमा विकास गरौं : प्रधानमन्त्री प्रचण्ड

 

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको ‘बर्थिङ सेन्टर’ का रुपमा विकास गर्ने बताएका छन् । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहलाई विहिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको बर्थिङ सेन्टर बनाएर त्यसबाट लुम्बिनी र सिंगो मुलुकको विकास गर्न सकिने बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री भएको बेला २०६८ सालमा गठन भएको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनसँग भेट गरी पुरातात्विक उत्खनन संरक्षण र प्रवद्र्धनमा जुटेको स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि कपिलबस्तु, देवदह तथा रामग्रामको पुरातात्विक उत्खनन संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयलाई विकासको नयाँ प्रतिफलका लागि लागि परेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजना सम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिए । बृहत्तर लुम्बिनी विकास परियोजना लुम्बिनी क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन÷अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलका रुपमा विकास गर्न लागेको बताए ।

वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको समेत उनले बताए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेससँगको लुम्बिनीको सम्बोधनले विश्वमा फैलिएको द्धन्द्ध समेत अन्त्य गर्न सहयोग पुगेको बताए । ‘संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेस र मैलै लुम्बिनीमा आयोजित औपचारीक समारोहलाई सम्बोधन गर्दै विश्वशान्तिका लागि अपिल गरेका थियांै, औपचारीक रुपमा गरेको विश्वशान्तिको आह्वानले विश्वमा देखा परेको द्धन्द्ध हल गर्न प्रेरिरित गरेको थियौं’ प्रधानमन्त्रीले भने ।

बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको उनले बताए । मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्वपूर्ण अंग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न निर्देशन समेत दिए । प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गर्ने बताए ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धले परीक्षण गरेर मात्रै विश्वास गर्न भनेर दिएको शिक्षा वैज्ञानि रहेको बताए । उनले बुद्धको मार्गदर्शन र विचार नै आजको विश्वमा आवश्यक रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले विश्वमा शान्ति स्थापनामा सहयोग गर्ने बताए । उनले बुद्ध शिक्षामा रहेको ध्यानविधि मानव स्वास्थ्यका लागि निकै उपयोगि भएको समेत बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले बुद्धजन्मस्थललाई विश्वव्यापी बनाउनका लागि प्रदेश सरकार साथमा रहेको बताए । विश्वशान्तिका अग्रदूत बुद्धजन्मस्थल लुम्बिनी हुन प्रदेशको गौरव भएकाले धार्मिक पर्यटनको रुपमा विकास गर्ने उनले बताए । धार्मिक पर्यटनको क्षेत्रबाट लुम्बिनीको विकास गर्न सकिने उनले बताए ।

यस्तै संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले विश्वसम्पदा स्थल लुम्बिनी नेपालको मात्रै नभई आध्यात्मिक केन्द्र भएकाले यहाँको विकासले देशको गरिमासँग जोडिने बताए । उनले लुम्बिनी आएका पर्यटकहरुलाई लामो अवधिसम्म राख्न नसकिएको बताउँदै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री तामाङले लुम्बिनीको बाँकी गुरुयोजना पूरा गर्न आफूहरु लागि परेको बताए ।
यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा९ खेन्पो छिमे छिरिङ० ले लुम्बिनी शान्ति, सदभाव एकताको केन्द्र रहेको बताए । उनले बुद्धदर्शनबाटै विश्वमा शान्ति कायम हुने बताउँदै बुद्धका उपदेशलाई संसारभर फैलाउन अपिल गरे । प्रधानमन्त्रीको उपस्थितीमा बुद्धजयन्ती मनाउन पाउँदा यसले बौद्ध सम्प्रदायमा प्रेरेणा जागृत गरेको बताए ।

कार्यक्रममा बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेय, भारतीय राजदूत नविन श्रीवास्तव, थाईल्याण्डका राजदूत सुवापोङ सिरिसोन, श्रीलंकाका राजदूत मार्शल सुदर्शना पाथीराना, संयुक्त राष्ट्रसंघका आवसिय संयोजक हान्ना सिंगर हाम्डेले बोल्दै बुद्धको शिक्षा प्रत्येक मानिसका लागि आवश्यक रहेको बताए । समारोहअघि विहिबार विहान प्रधानमन्त्री ‘प्रचण्ड’ले मायादेवी मन्दिर परिसरमा प्रार्थना सभामा सरिक भई ध्यान गरेका थिए । यस्तै समारोहअघि विभिन्न जाजातीको भेषभुषा झल्कने झाँकी सहितको शोभायात्रा निकालिएको सदस्य सचिव सानुराजा शाक्यले बताए । यस्तै उक्त अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री डोल प्रसाद अर्याल, लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्ती, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका मन्त्री, प्रदेश सांसद, जनप्रतिनिधि, रिपोन्छे, बौद्ध धर्म गुरु, भिक्षु भिक्षुणी तथा लामाहरुको उपस्थिती रहेको बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij