JanataToday.com

Advertisment

SKIP THIS

आईपीएल क्रिकेटको उपाधि कोलकाताले जित्यो

आईपीएल क्रिकेटको उपाधि कोलकाताले जित्यो

काठमाण्डौ – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको  १ सय १४ रनको लक्ष्य कोलकाताले  १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

कोलकाताका  रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १ सय १३ रन बनाएको थियो । उसका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । हैदराबादको यो स्कोर आईपीएलको इतिहासमा फाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा सानो स्कोर हो ।

यसअघि फाइनलमा सबैभन्दा थोरै रनको कीर्तिमान चेन्नई सुपरकिंग्सको नाममा रहेको थियो । उसले सन् २०१३ को आईपीएल फाइनलमा मुम्बई इन्डियन्ससँगको खेलमा  ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij