सहकारी समस्या समाधान गर्न सत्तापक्ष गम्भीर भएन : कांग्रेस

सहकारी समस्या समाधान गर्न सत्तापक्ष गम्भीर भएन : कांग्रेस

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताउनुभयो । कांग्रेसले लामो समयदेखि सहकारी पीडित, बचतकर्ताको बचतको सुरक्षा र अविलम्ब बचत रकम फिर्ताको सुनिश्चितता खाेजेको उहाँले बताउनुभयो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा तथा गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न कांग्रेसले माग गर्दै आएको सांसद परियारले उल्लेख गर्नुभयाे ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij