लायन्स डिस्ट्रीक ३२५ पी नेपालद्वारा अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

लायन्स डिस्ट्रीक ३२५ पी नेपालद्वारा अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

लायन्स क्लब अन्तरास्ट्रीय जिल्ला परिषद ३२५ पी नेपालको लायन्स बर्ष २०२४/०२५ का लागि निर्वाचित अध्यक्ष हरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स बर्ष २०२३/०२४ ३२५ पी  का गभर्नर लायन्स अर्जुनमान सैजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम भैरहवा स्थित बोधिरेडशन होटेल मा सम्पन्न भएको हो ।

इलेक्ट डिस्ट्रीक गभर्नर लायन्स पुरुषाेत्तम भक्त प्रधानाङ्गको स्वागत मन्तब्य तथा सचिव माधब खनालले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।कार्यकालको शुरुवात देखि नै स्कुलिङ कार्यक्रमलाई आक्रामक तरिकाले अगाडी बढाइएको कुरा सचिवालयले जानकारी दिएको छ । यस अघि चन्द्रौटा स्थित सिद्दार्थ ग्रीन रिसोर्टमा डिस्ट्रीक अफिसर को लागि दुइ दिने आवासिय स्कुलिङ सम्पन्न समेत भैसकेको जनाइएको छ ।

लायन्स बर्ष २४/२५ का अध्यक्षहरुको लागि आयोजना भैरहवामा गरिएको उक्त कार्यक्रममा  रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त ब्यक्तित्वहरु बाट  बिभिन्न तालिम र उत्प्रेरणामुलक क्लासहरु सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा लायन्सका विभिन्न  जिल्ला परिषदका बर्तमान तथा निबर्तमान गभर्नरहरुले तालिम तथा लायन्स गतिबिधि र अन्तर्राष्ट्रियबाट  कसरी  बिभिन शिर्षकमा अनुदान र अन्य सहयोग लिन सकिन्छ भनेर तालिम प्रदान गरिएको थियो ।

लायन्स अन्तर्राष्ट्रिय  डिस्ट्रीक ३२५ H का निबर्तमान गभर्नर दिनेश कुमार श्रेस्ठले एल सी आइ एफ को बारेमा जानकारी गराउनुभएको उक्त कार्यक्रम मा ३२५ आइ का बर्तमान गभर्नर चन्द्र कुमार के सी ले कसरी सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणा प्रदान गर्नुभएको थियो  । इलेक्ट डिस्ट्रीक गभर्नर  लायन पुरुषोत्तम भक्त प्रधानाङ ले आफ्नो एक बर्षे कार्याकालको लागि ल्याइयका बिभिन्न कार्यक्रमका बारेमा अध्यक्षहरु सग बिषयहरु प्रस्तुत गर्नुभयको थियो ।

सोही कार्यक्रमा  सामाजिक उद्दमशिलता सम्बन्धी लायन मुकुन्द ज्ञवालि,  असल मिटिङ कसरी सन्चालन गर्ने र सफल बन्ने  भन्ने बिषयमा  जेसी राजिव गौतम , सदस्यता वृद्धि सम्बन्धि  लायन  एम एल पाण्डे तथा सचिवालय मा कसरी समन्वय गरि काम गर्ने भन्ने विषयमा  प्रथम इलेक्ट गभर्नर लायन्स बालाराम भटराई तथा लायन्स कोड अफ कन्डक्ट र लायनिज्ममा आफ्नो भुमिका बारे दोश्रो इलेक्ट गभर्नर लायन्स सन्दिप कसौधनले प्रशिक्षण दिनुभयको थियो । दुइ दिन सम्म संचालित  उक्त कार्यक्रममा बर्ष २०२४/०२५ का कोषाध्यक्ष लायन्स प्रकाश कुमार श्रेस्ठले सहभागीहरु सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij