बुटवल उपमहानगरपालिका ९ काे जागरण टाेल विकास संस्थाकाे साताैँ अाैँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । शनिबार बुटवलकाे शिवालय मन्दिरमा कार्यक्रम वडा ९ का वडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठकाे प्रमुख अातित्यथामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बाेल्दै अध्यक्ष श्रेष्ठले अन्धकारमा रहेकाे जागरण टाेललाई अब छिट्टै नै उज्यालो बनाउने जनाएका छन् । साथै उनले टाेलमा रहेका नालीहरू खुल्ला रहेकाले प्रदुषण बढेकाे भन्दै नाली र अव्यवस्थित तारहरू व्यवस्थापन गर्ने जनाउँदै टाेल विकास संस्थाहरूलाई वाडबाट अार्थिक सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वागत गर्दै उपाध्यक्ष तथा संयाेजक
रमा ज्ञवालीले टाेलका विभिन्न समस्या समाधान गर्न अनुराेध गरिन् ।
कार्यक्रममा अध्यक्ष मिना भण्डारी पाेखरेलले अध्यक्षकाे प्रतिवेदन पेश गरेकी थिइन् भने मनाेज मित्तलले काेषाध्यक्षकाे प्रतिवेदन पेश गरेका थिए भने प्रतिवेदन सर्वसम्मतिले पारित गरिएकाे थियाे ।
कार्यक्रममा सल्लाहकारहरू , भाेजराज पाण्डे , रमेश सापकाेटा , माया खनाल , सदस्यकाे तर्फबाट सीता घिमिरे र गाेपाल पाण्डेलगायतले बाेलेका थिए । अध्यक्ष मिना भण्डारी पाेखरेलकाे अध्यक्षता रहेकाे सचिव सुशीला पाण्डे पराजुलीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्