देशभरि ११ सयभन्दा बढी डेंगुका विरामी

देशभरि ११ सयभन्दा बढी डेंगुका विरामी

काठमाडौँ : गर्मी चर्किएसँगै देशभरि नै डेंगुका विरामी बढ्दै गएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस वर्ष हालसम्म ७१ जिल्लामा डेंगुका विरामी देखिइसकेका छन्। हालसम्म ७१ जिल्लामा १ हजार १३० जना डेंगुका विरामी भेटिएका छन्।

 

 

यो अवधिमा सबैभन्दा धेरै संक्रमण काठमाडौँ जिल्लामा देखिएको छ। ईडीसीडीको विवरणअनुसार हालसम्म काठमाडौँमा ११४ जना, झापामा १११ जना, चितवनमा ७३ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन्।

यीबाहेक अरू जिल्लामा डेंगुका विरामीको संख्या ५० भन्दा कम छ तर हालसम्म यस वर्ष डेंगु संक्रमणबाट कुनै पनि विरामीको मृत्यु भएको छैन।

प्रदेश स्तरमा हेर्दा हालसम्म बाग्मती प्रदेशमा डेंगुका सबैभन्दा धेरै विरामी भेटिएका छन्। हालसम्म बाग्मती प्रदेशमा ३९० जना डेंगुका विरामी छन् भने कोशी प्रदेशमा २७२ जना, मधेस प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बिनी प्रदेशमा १३२ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११५ जना रहेका छन्।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij