बुटवलमा कार दुर्घटना : तीन जनाकाे मृत्यु

बुटवलमा कार दुर्घटना : तीन जनाकाे मृत्यु

बुटवल

बुटवलमा बुधबार राती भएका कार दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे छ । पाल्पाकाे नुवाकाेटबाट बुटवल जाँदै गरेकाे लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिव ९ बजेतिर बुटवल १३ बंदेलपोखरी माथिको सडकबाट खस्दा कार चालक बुटवल १० का ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल शर्मा), तिलोत्तमा ३ की ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाईते उनीहरुकाे उपचारकाे लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकाेमा डाक्टरले मृत्यु घाेषणा गरेका हुन् । दुर्घटनामा परि अरु दुई जना घाईते भएका छन् । घाईते बुटवल ९ कि चन्द्रा श्रेष्ठ र बुटवल ११ लक्ष्मीता श्रेष्ठकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij