सहकारी छानबिन विशेष समितिकाे कार्यविधि तयार

सहकारी छानबिन विशेष समितिकाे कार्यविधि तयार

काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । सिंहदरबारमा आज बसेकाे समितिकाे बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी कार्यविधि तयार पारेको हो ।

सहकारी छानबिनसम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तय गरेको छ ।

सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरूसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरू सूचना, तथ्यहरू लिने काम गर्ने गरी कार्यसूची पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ ।

विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकाय र सम्बन्धित पालिकाबाट पनि समस्याग्रस्त सहकारीको तथ्य सङ्कलन गर्ने, जानकारीहरू लिने पनि उल्लेख गरिएको छ ।

विगतका सहकारीसम्बन्धी प्रतिवेदनहरू विशेष समितिमा धेरैजसाे आइसकेको र आउन बाँकी पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएको विशेष समितिका सभापति थापाले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, असार ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij