महिला पत्रकारका लागि क्षमता विकास तालिम सुरु

महिला पत्रकारका लागि क्षमता विकास तालिम सुरु

बुटवल-महिला पत्रकारको संख्यात्मक र गुणात्मक क्षमता अभिवृद्धि गर्ने उदेश्यले लेखन वृत्ति सम्बन्धी तिन दिने तालिम आज देखि बुटवलमा सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र क्रियाशील पत्रकार महिला डब्लु डब्लुजे रुपन्देहीको आयोजनामो तिन दिने तालिमा सुरु भएको हो ।
महिला पत्रकारहरुलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिमको सुरु गरिएको हो ।
तालिमकोे उद्घाटन सत्रमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पत्रकारिताको विकासका लागि सहकार्य गर्न नगर तयार रहेको बताउनुभयो । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न यस्ता तालिम फलदायी हुने बताउनुभयो । नगरपालिकाले गरेका कामका बारेमा पत्रकारहरुले सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्नुभयो ।
बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताउदै उहाँले सबै विषयमा सचेत बनाउने गरि समाचार लेख्न आग्रह गर्नुभयो ।नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालले पत्रकारीता क्षेत्रमा महिलाको क्षमता विकास गर्न नगरले कुनै कसर बाकि नराख्ने बताउनुभयो । साथै उहाँले सुशासन ,विकाश र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पत्रकारीता क्षेत्रले सजग र सचेत बनाउनका साथै सकरात्मक कार्यको प्रवर्धनको अपेक्षा गरिएको बताउनुभयो ।
तालिमको सहजिकरण गर्दै बुटवल उपमहानगरपालिका प्रेस विज्ञ सिपी खनालले प्रविधिको तिब्र विकास संगै पत्रकारीताका माध्यमहरुको बिकास भएको भन्दै समाजले खोजेका विषयवस्तु पस्किन सक्नुपर्ने बताउनुभयो । उहाँले नगरका समाचारका विषयवस्तुको बारेमा जानकारी गराउनुभयो ।
पत्रकार दिनेस पाण्डेले पत्रकारीतालाई नीति निर्माण तहसम्म कसरी पुर्याउने ,पत्रकारको कार्यक्षेत्र कर्तब्य एवम सिमाबारे सचेतना अभिवृद्धि कसरी गराउने ,समाचरको स्रोतहरु के के हुन सक्छन् लगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे का अध्यक्ष कल्पना तिवारीको अध्यक्षता र सचिव बिन्दु भट्टराइको संचालनमा भएको हो । तालिममा जिल्लाका ४५ महिला पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij