तिलोत्तमा -नेपाल ब्युटिसियन संघ तिलोत्तमा नगर समितिको १० औं बाषिर्क उत्सव तिलोत्तमामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देही जिल्ला सभापती एवं तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांडले ब्युटिसियनका माध्यमले महिलाको नेतृत्व र ब्यक्तित्व का साथै ब्याबसायिक रुपमा सफल भएको बताउनु भयो । उहाँले ब्यक्तिको भित्री सुन्दरताको साथै बाहिरी सुन्दरता पनि उत्तिकै आवश्यक छ भन्नुभयो। तिलोत्तमा नगरपालिकाले ब्युटिसियनहरुलाई आधारभूत तथा डिप्लोमा तहका तालिमको व्यवस्था गरिने बताउदै पेशालाई मर्यादित र व्यवस्थित गर्नको निमित्त सुझाब समेत दिनुभयो । कार्यक्रममा तिलोत्तमा उधोग बाणिज्य संघ का अध्यक्ष ज्ञानेन्द्र कार्की, नेपाल ट्रेड युनियन रुपन्देही जिल्ला सभापती राम प्रसाद ढकाल , नेपाली काँग्रेसका महासमिति सदस्य चित्र के सी , महाधिवेशन प्रतिनिधी चिरञ्जीवी पौडेल, बाला घिमिरे, नेपाली काँग्रेस जिल्ला सदस्य शुष्मा हमाल , नेपाल आदिवासी जनजाति महिला महासंघ तिलोत्तमा नगर सचिव राधिका श्रिस, नेपाल ब्युटिसियन संघ रुपन्देहीका सल्लाहकार रेनु कर्माचार्यले श्रमलाई समाजले हेर्नेनजर पनि सुधार हुँदै गइरहेको बर्तमान अवस्थामा सिकेको सीपलाई देश तथा बिदेशमा आयआर्जनको मुख्य श्रोतको रूपमा बिकास गर्नका लागि आग्रह गर्नुभयो ।
संघका तिलोत्तमा नगर अध्यक्ष अन्जना केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नारायणी न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका नगर सचिब अनिता बरालले गर्नु भएको थियो।
प्रकाशित मिति : शुक्रबार, असार ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्