ख्रीष्टियन युथ क्लब रुपन्देही,नेपालकाे अायाेजनामा प्रथम वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रगतले जीवन दिन्छ,देउ त तिमीलाई दिईनेछ ” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हाे ।
प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. नवीन तिरुवाले रगत दानले कसैको जीवन बचाउन ठूलो सहायता मिल्ने र यो असल नागरिकको कर्तव्य भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताए ।
क्लवका सदस्य रिता गुरुङ्गको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष होम बहादुर गलामीकाे अध्यक्षता रहेकाे थियो । कार्यक्रममा बुटवलका स्थानीय चर्चका पाष्टर अगुवा,दिदीबहिनी र जवानहरु गी ८५ जनाको सक्रिय सहभागिता रहेको थियो । सचिव सन्तोस चौधरी (समिप)को सञ्चालनमा सम्पन्न कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी बुटवलको प्राविधिक सहयाेगमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : आइतबार, असार १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्