पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गयो, लमजुङमा तीन घर बगाउँदा चार जना बेपत्ता

पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गयो, लमजुङमा तीन घर बगाउँदा चार जना बेपत्ता

file photo

काठमाण्डौ – पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गएको छ । मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्मा रानाभाटको ज्यान गएको हो । हजुरआमा ७० वर्षीया लालमायालाई सकुशल उद्धार गरिएको छ ।

त्यस्तै आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको ज्यान गएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।

यस्तै लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले तीन घर पुरेको छ । पहिरोमा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरेको गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले जानकारी दिनुभयो ।

पहिरोमा रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र छाेरीहरु पाँच वर्षीया नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो । बेपत्ताको खोजी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : बुधबार, असार १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij