प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

काठमाडौँ –  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने माओवादीको निष्कर्ष रहेको समेत बताए ।

प्रकाशित मिति : बुधबार, असार २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij