तोलाको एकलाख ५० हजार पुग्यो सुन

तोलाको एकलाख ५० हजार पुग्यो सुन

काठमाडौं : नेपाली बजारमा सुनको भाउ लगातार रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ।  सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो।

आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।  मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : बिहिबार, साउन ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij