काठमाण्डौ – अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याइएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।
नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।
विदेशका धेरै देशमासमेत कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएकाले नेपालमा पनि यही व्यवस्था लागू गर्नेबारे गृहकार्य भइरहेको सदस्यसचिव काप्रीले बताउनुभयो । उहाँका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ ।
नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउनेछन् । अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ ।
यसैबीच प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको छ । समितिको हिजोको बैठकले यस्तो निर्देशन दिएको हो । अहिले सम्बन्धन दिन लागिएको नर्सिङ कलेजले यसै शैक्षिक सत्रदेखि नर्सिङ विषयको पढाइ सञ्चालन गर्न पाउने छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्