काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँसम्म पुगेको थियो ।
आज चाँदीको भाउ भने पाँच रुपैयाँ घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्