बाढीपहिरोमा परी आजमात्रै १३ जनाको मृत्यु, मृत्यु हुने १६७ जना पुगे

बाढीपहिरोमा परी आजमात्रै १३ जनाको मृत्यु, मृत्यु हुने १६७ जना पुगे

file photo

काठमाडौँ : अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी आज मात्रै ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। पहिरोमा परी बाग्लुङमा ६ बालबालिकासहित ८, गुल्मीमा चार र बाढीले बगाउँदा काभ्रेमा एक जनाको मृत्यु भएको हो।

योसँगै मनसुनजन्य घटनामा परी यसवर्ष ज्यान गुमाउनेको संख्या १६७ जना पुगेको छ। आज बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिनका १५ वर्षीय विधान परियार, २४ वर्षका गंगा बस्नेतको पहिरोमा परी मृत्यु हुँदा अन्य तीन जना बेपत्ता भएका छन्।

बडिगाडकै वडानम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा सञ्जु विककी ६ महिने छोरी, ७ वर्षकी मालती बुढा, ७ वर्षकी मधु बुढा, १३ वर्षका मनोज बुढा, करिब १२ वर्षका अमन बुढा र ५९ वर्षकी मैतीदेवी विकको मृत्यु भएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

उनका अनुसार पहिरोमै पुरिएका अन्य ७ जना घाइतेको उद्धार गरिएको छ। गम्भीर घाइतेलाई उद्धारका लागि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टर भने मौसम खराब हुँदा बडिगाडमा पुग्न नसकेपछि बागलुङ बजारमै अवतरण गरिएको छ। घाइतेहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, गुल्मीको मुसीकोट नगरपालिका १ विसौनामा दुई घर पहिरोले पुरिँदा स्थानीय ६७ वर्षिय हुकुम विक, उनका छोरा वर्ष ४६ का गोरे विक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातिनी अढाइ वर्षकी रियन्सीको मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। अन्य दुई जना घाइते भएका छन्।

यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भइ पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको पनि मृत्यु भएको छ।

 

प्रकाशित मिति : मंगलबार, साउन २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij