इनरह्वील क्लब अफ बुटवलद्वारा हरितालिका तिजकाे अवसरमा तिज मिलन कार्यक्रम

इनरह्वील क्लब अफ बुटवलद्वारा हरितालिका तिजकाे अवसरमा तिज मिलन कार्यक्रम

इनरह्वील क्लब अफ बुटवलले महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तिज मिलन कार्यक्रम गरेकाे छ ।

क्लवका सदस्यहरूबिच एकअापसमा मित्रता कायम गर्ने उदेश्यले तिज मिलन कार्यक्रम गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चियरमेन अाई डब्लु अाशा श्रेष्ठले तिज पर्वलाई सबै नारीहरूले मर्यादित तरिकाले मनाउन अाग्रह गरिन् । उनले तिजलाई भड्किलाे र महङ्गो नबनाई सरल बनाउनु पर्ने बताइन् ।

 

कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले खुसी र सुखदुःख साट्ने , नाच्ने गाउनेमा मात्र सिमित नबनाई सशक्तीकरणका रुपमा लिनुपर्नेमा जाेड दिइन् ।

कार्यक्रममा पूर्व अध्यक्ष भारती जाेशीले तिजकाे अवसरमा यस प्रकारकाे कार्यक्रमले सबैसँग भेटघाट हुने अवसर जुरेकाे बताइन् ।  कार्यक्रममा अध्यक्ष अाई डब्लु सम्झना ज्ञवालीले तिजलाई माैलिक तरिकाले मनाउनु पर्ने बताइन् ।

 

क्लवका सदस्यहरू तिज गितमा दर खाँदै नाचगान गरी रमाइलो गरेकाे संयाेजक अर्पणा श्रेष्ठले बताइन् । तिज मिलन कार्यक्रममा अाई डब्लु बुलबुल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गरेकी थिइन् ।

दबारा

 

प्रकाशित मिति : सोमबार, भाद्र १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij