काठमाण्डौ – लगातारको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण धेरै आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएको तर बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन सकेको छैन ।
पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थल खुल्ने क्रममा रहेकाले दिउँसोपख मौसम खुलेमा उडान हुन सक्ने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्