JanataToday.com

Advertisment

SKIP THIS

भाेली महाशिवरात्रि शिव प्रशन्न वनाउने उपाय के हाे त ‍? जानाै ।

भाेली महाशिवरात्रि शिव प्रशन्न वनाउने उपाय के हाे त ‍? जानाै ।

महाशिवरात्रि भनेको शिव भगवान शिवको प्रिय दिन हो । भगवान शिवलाई सबै भन्दा छिटो प्रशन्न हुने देवता भनेर भनिन्छ । अन्य दिन भन्दा शिवरात्रिका दिन गरेको पूजाले अधिक फलप्राप्त हुने शास्त्रीय वचन पनि पाइन्छन् । शिव भगवानको उपासनाले धनधान्य तथा समृद्धि प्राप्त हुने बिश्वास का साथ ओकौ शिवालय हरुमा भक्तहरुको लाम लाग्ने गर्दछ । यो वर्ष सोमबार शिवरात्रिका दिन परेको छ । यो दिन शिवजीको पूजा गर्नका लागि विशेष दिन मानिएको छ । धर्मशास्त्र अनुसार शिवरात्रिको दिनमा यदि श्रद्धापूर्वक भगवान आशुतोषलाई प्रसन्न गराएमा सबै मनोकामना पूर्ण हुन सक्छन् ।
शिवजीलाई प्रसन्न बनाउने केही उपायहरु शिवपुराणमा तथा पौणिक गन्थहरुमा लेखिएका उपाय जानौ ।
१ धन सम्पत्तिको कमि छ भने शिवजीलाई रुद्राभिषेक गरी अक्षता चढाउनाले धनलाभ हुनेछ ।
२ सन्तानको सुख चाहने वालाले शिवको पूजा अभिषेक गरी गहुँ अर्पण गार्नले सन्तान सुख मिल्ने मानिएको छ ।
३ घरमा सुख शान्ति को लागि शिव भगवनाको अभिषेकका साथ जौ अर्पण गरेमा सुख समृद्धिको अवश्य बृद्धि हुनेछ ।
४ तिलार्पण गरेमा पापबाट मुक्ति मिल्दछ ।
केले अभिषेक गर्दा के फल पाइन्छ त
१ शुद्ध कुशको जलले रुद्राभिषेक गर्दा रोगबाट मुक्ति मिल्नेछ ।
२ कुनै पनि वच्चाका मस्तिष्क कमजोर छ भने चिनि मिश्रित दुधले भिषेक गर्दा मस्तिष्क तेज हुन्छ ।
३ उखुको रसले अभिषेक गर्नाले लक्ष्मी प्राप्ति हुन्छ ।
४ गंगाजल अथवा तिर्थको जलले रुद्राभिषेक गरेमा भोग देखि विरक्ती र मोक्ष प्राप्ति हुन्छ ।
५ तेरीको तेलल रुद्राभिषेक गरेमा सत्रुनाश होलान्
६ छातीका रोगहरको शमनको लागि महले अभिषेक गर्नु पर्ने हुन्छ ।
७ शुद्ध लोकल गाईको घृतले रुद्राभिषेक गरेमा शारीरिक दुर्बलता हट्ने हुन्छ ।
८ बंश विस्तारको लागि दुधले अभिषेक गर्नु पर्दछ ।
९ पशुको कामना गर्ने वालाले दहीले अभिषेक गर्नुपर्दछ ।
कुन फूलले पूजा गर्नाले के पाईन्छ
१ मदार (आँक)को फूलले पूजन गरेमा मोक्षप्राप्ति हुन्छ ।
२ चमेलीको फूलले पूजा गरेमा गाडी, घोडा बाट सुख मिल्छ ।
३ शमीपत्रले भगवान शिवको पूजन गरेमा मोक्षप्राप्ति हुन्छ ।
४ धतररोको पूलले पूजन गरेमा सुयोग्य पुत्र प्राप्ति होला ।
५ वेलको पत्रले पूजन गरेमा सुन्दर बरलाई बधु मिल्ने ,बधुलाई वर मिल्ने ।
६ जुहीपत्रले पूजन गरेमा अन्नवृद्धि होला ।
७ कनेरको फूलले पूजन गरेमा वस्त्रको प्राप्ति होला ।
८ दुबोले पूजन गरेमा आयु वृद्धि हुन्छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij