आज महाशिवरात्रि भगवान शिवकाे आरधना गरि मनाईदै

आज महाशिवरात्रि भगवान शिवकाे आरधना गरि मनाईदै

आज महाशिवरात्रि । देश भरिका शिवलय हरुमा भगवान शिवको पूजागर्ने भक्तहरुको घुइचोलागेको छ ।

शिवको पूजाको लागि सवै आवश्यक सामग्रीका साथ विहानै देखि भक्तहरु लाईमा वसेर भगवानलाई जलार्पण गर्न आतुर देखिन्छन् ।

माहाशिवरात्रि हरेक बर्ष फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन मनाउने गरिन्छ । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्री कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने शास्त्रीय मान्यता छ ।

यो बर्ष सोमवर शिवरात्रि परको हुनाले शिव उपासनागर्ने हरुकाल लागि अझै महत्व रहेको ज्योतिषी पण्डित रमेश ढकाल वताउछन् ।

उनि भन्छन् – ‘ग्रह हरुलाई विचरगर्ने हो भने मनको कारक ग्रह चन्द्रमा हो यदी मन स्थीर हुनसकेन भने शिवको पूजा स्थीरतालाई प्रदान गर्ने मानिन्छ ।

ज्योतिषीय गडनामा चतुर्दशी तिथिमा चंद्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ ।

सोही कारण कारण बलहीन चंद्रमाले मनुष्य तथा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छ । चंद्रमाको सीधै सम्बन्ध मनुष्यको मनसँग हुन्छ ।

मनकै कारण संसारमा धेरै घटना हरु घटिरहेका छन् त्यसैले चन्द्रमा र मनलाई सन्तुलन राख्न चतुर्दशीको दिन शिवको आरधना गर्ने गरिन्छ ’ ।

वैदिक ग्रन्थ अनुसार – ‘शिवरात्रि भनेको, शिव भनेको कल्याण हो र रात्रि भनेकोे अधेरो, जसको उपासनाले अधेरो यानि अज्ञान वाट ज्ञान प्राप्त हुन्छ तेसैले पनि शिवरात्रि मानव जीवनमा उज्यालो छर्न र अन्धकार नाश गरी ज्ञानरुपी प्रकाश प्रदान गर्न सहयोगि हुन्छ’ ।

शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ , जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ भन्ने बिश्वास गरिन्छ ।

पूजाको पनि रात्रिमा चारै प्रहरमा एक–एक विग्रहको तथा एकै पल्ट इशान मूर्तिलाई दूधले स्नान गराउने गरिन्छ ।

अघोर मूर्तिलाई दहीले स्नान गराउने गरिन्छ , वामदेव मूर्तिलाई घिउले स्नान गराउने गरिन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गाउने चलन तथा विधान रहेको पाइन्छ ।

यसरी शिवरात्रिको रात्रिमा ४ प्रहर शिवको पूजा गर्ने शास्त्रीय विधान छ । शिव रात्रिका दिन भगवान शिवको पूजा तथा आरधनाले सुख शान्ति समृद्धि प्राप्त हुने आचार्य धर्मराज अर्याल वताउछन् ।

उनि भन्छन् – ‘ शिवको नामनै शिव यानी कल्याणको बृद्धि गर्ने वाला छ , जसले शिवरात्रिको दिन भगवानको श्रद्धाका साथ पूजा गर्दछन् उका मनोरथ पूर्ण हुने पक्का छ’ ।

महाशिवरात्रि भनेको शिव भगवान शिवको प्रिय दिन हो । भगवान शिवलाई सबै भन्दा छिटो प्रशन्न हुने देवता भनेर शास्त्रले वातयका छन् । अन्य दिन भन्दा शिवरात्रिका दिन गरेको पूजाले अधिक फलप्राप्त हुने शास्त्रीय वचन पनि पाइन्छन् । यो दिन शिवजीको पूजा गर्नका लागि विशेष दिन मानिएको छ ।

धर्मशास्त्र अनुसार शिवरात्रिको दिनमा यदि श्रद्धापूर्वक भगवान आशुतोषलाई प्रसन्न गराएमा सबै मनोकामना पूर्ण हुन सक्छन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij