JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही प्रहरीले अवैध ११ लाख ५१ हजार ८ सय बराबरको सामान  बरामद

रुपन्देही प्रहरीले अवैध ११ लाख ५१ हजार ८ सय बराबरको सामान  बरामद

भैरहवा,

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान बरामद गरेको छ।

कार्तिक ५ गते सोमवार ओमसतिया गाउँपालिका वडा नं ४ बालापुरमा चेकजाँच गर्दा भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार  ११ लाख ५१ हजार ८ सय बराबरको सामान  बरामद गरिएको हो । यसमा ३० वटा आईफोन, ७० जोडी जुत्ता, ८ कार्टुन चकलेट, ४ बोरा बुकि पेपर, र ७० केजी ताजा फूल तथा फूलका बिरुवा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी लक्ष्मी खनालले बताउनुभयो ।

प्रहरीले आवश्यक कारवाहीका लागि बरामद सामानलाई भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइसकेको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij