JanataToday.com

Advertisment

SKIP THIS

शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढ्यो

शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाण्डौ ,

लागातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से २५ दशमलव ८८ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ८१ अङ्कमा पुगेको छ । हिजो र अस्ति दुई दिनमा गरी नेप्से एक सय पाँच अङ्कले घटेको थियो ।

आज सबै समूहको शेयर मूल्य बढेकोमा फाइनान्स समूहको शेयर तीन प्रतिशत भन्दा धेरैले बढ्यो । आज रावा इनर्जी डेभलेपमेन्ट लिमिटेडको शेयर आठ प्रतिशत भन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज वीन नेपाल लघुवित्त र कालिका लघुवित्तको शेयर मूल्य चार प्रतिशत भन्दा धेरैले घटेको छ ।

बजार बढेपछि हिजोको तुलनामा आज कारोबार रकम भने घटेको छ । हिजो पाँच अर्ब ९० करोड रुपैयाँमा कारोवार भएकोमा आज तीन सय १४ वटा कम्पनीका एक करोड नौ लाख ६२ हजार कित्ता शेयर चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij