पूर्वडीआईजी छविलाल जोशीसँग साढे ७ घण्टा बयान,आजै विहान पोखरा फिर्ता गरिने

पूर्वडीआईजी छविलाल जोशीसँग साढे ७ घण्टा बयान,आजै विहान पोखरा फिर्ता गरिने

तिलोत्तमा,

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग सरकारी वकिलको कार्यालयले साढे ७ घण्टा बयान लिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा बयान लिएको हो।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी खनालले जोशिको बयान सकिएको र आज विहान पोखरा फिर्ता गरिने बताइन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान गरिएको हो। सहकारी अपचलनका विषयमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइरहँदा सहकारीपीडितहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए।

सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई जीबी लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप उनीहरूले लगाएका छन्। जोशिलाई बयान सकिएसँगै इलाका प्रहरी कार्यालय बुटवलमा ल्याइएको थियो । जोशि हिजो बुटवल प्रहरीको हिरासतमा बास बसेका हुन ।जोशिको रुपन्देहीमा सोमबार पनि बयान लिएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij